You are viewing the translated version of सरकारी निकाय वा सार्वजनिक संस्थाले तथ्याङ्क सङ्कलन गर्न सक्ने.
Section 7
सरकारी निकाय वा सार्वजनिक संस्थाले तथ्याङ्क सङ्कलन गर्न सक्ने
(१) प्रचलित कानूनमा कुनै .सरकारी निकाय वा सार्वजनिक संस्थालाई तथ्याङ्क सङ्कलन सम्बन्धी कुनै कार्य गर्ने जिम्मेवारी तोकिएकोमा सो प्रयोजनको लागि त्यस्तो निकाय वा संस्थाले तथ्याङ्क सङ्कलनको कार्य गर्नेछ।
(२) उपदफा (१) बमोजिमका निकाय वा संस्थाले सङ्कलन गरेको तथ्याङ्क राष्ट्रिय तथ्याङ्क प्रणालीमा आबद्ध गरिनेछ ।